काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ गरिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबारदेखि सुरू भएको बयान आज सकिएको हो । यसअघि महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय लगिएको थियो ।
अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई कपिलवस्तुबाट गत सोमबार पक्राउ गरिएको थियो ।
जिल्ला अदालतले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । महरा बिरामी भएकाले नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
महराको स्वास्थ्य अवस्था त्यति राम्रो छैन । दैनिक ८ किसिमका औषधिहरू सेवन गर्ने गरेको पाइएको छ । महरालाई टीभीदेखि मस्तिष्कको नसासम्मको समस्या रहेको छ। हाल हिड्नलाई पनि अरुको सहारा लिनुपर्ने अवस्था छ ।
बयानका क्रममा महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बयान दिएको स्रोतले बतायो । 'प्रत्येक बयानमा उहाँ भक्कानिनु भएको' बयानमा सहभागी एक अधिकारीले बताए । 'स्वास्थ्य अवस्था निक्कै जीर्ण र जिब्रोको समस्याका कारण उहाँ राम्रोसँग बोल्न पनि सक्ने अवस्था थिएन,' ती अधिकारीले भने । ‘उहाँको नम्बरबाट फोन गरेको बाहेक अन्य कुनै प्रमाण भेटिएको छैन ।’
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ।
त्यसबेला सीआईबीले महरासँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ गरी उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच