आक्रमणको धम्कीपछि राजकुमारी दरबार फिर्ता

Read Time = 2 mins

हेग । अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बस्नुभएकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सर्नुभएको छ । स्वीडेनको राजकीय भ्रमणमा रहनुभएका राजा विलेम-अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताउनुभएको हो ।

‘उहाँको यो निर्णयले उहाँको जीवनका लागि ठूलो महत्व राख्दछ, अब उहाँ एम्स्टर्डममा बस्नुहुन्न र वास्तवमा बाहिर जान सक्नुहुन्न्,’ रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना तथा उहाँप्रति गर्व गर्दै भन्नुभयो । राजा विलेम-अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भन्नुभएको छ ।

यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया राजकुमारी अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सर्नु भएको थियो । गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो । राजकुमारीमाथि संगठित आपराधिक गिरोहबाट आक्रमण वा अपरहणको जोखिम बढेको थियो ।

राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उहाँको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मेहनत गरिरहेको न्याय एवं सुरक्षामन्त्री डिलन येसिलगोजले बताउनुभएको थियो । सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?