खेलकुद पत्रकार राजवंशी सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसियाली खेलकुद (एसियाड) का पाँचवटा संस्करणको रिपोर्टिङ गर्नुभएका नेपाली खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले सम्मान गरेको छ । एआइपिएस एसियाले पाँच र सोभन्दा बढी पटक एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिनुभएका एसियाभरका पत्रकारहरूलाई चीनमा जारी १९औँ एसियाडका क्रममा कदर गर्ने क्रममा राजवंशी सम्मानित हुनुभएको हो ।

मेन प्रेस सेन्टरमा आयोजित कार्यक्रममा ओलम्पिक च्याम्पियन तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का सदस्य सियोङ मिन रियु, एआइपिएस एसियाका अध्यक्ष हि डोङ जोङ र उपाध्यक्ष मुबारक अल बोनिनले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

एआइपिएसले अन्तर्राष्ट्रिय रूपमा लामो समय रिपोर्टिङ गर्ने पत्रकारहरूलाई सम्मान गर्ने परम्परा सुरु गरेपछि एआइपिएस एसियाले यो वर्षको एसियाड सम्मान अभियान सुरु गरेको हो । जसमा यो वर्ष ६९ जना पत्रकारहरू सम्मानित हुनुभएको थियो ।

राजवंशीले सन् १९९८ को बैंकक, सन् २००२ को बुसान, सन् २०१० को ग्वान्जाउ, सन् २०१४ को इन्चोन तथा हांगचौं एसियाडमा रिपोर्टिङ गर्नुभएको थियो । राजवंशी एआइपिएस एसियाका कोषाध्यक्ष र नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?