एनपिजिए टुर च्याम्पियनसिप आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ को सातौँ इभेन्ट सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु हुने भएको छ । चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३२ व्यावसायिक गल्फर र आठ एमेच्योरले सहभागिता जनाउनेछन् । सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउने एनपिजिएका महासचिव दिपक आचार्यले बताउनुभयो ।

प्रतियोगिताको कुल पुरस्कार रकम आठ लाख रुपैयाँ रहेको छ । उपाधि विजेताले एक लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेस्रोले ६७ हजार रुपैयाँमा चित्त बुझाउनेछन् । शीर्ष २१ प्रो खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् ।

एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले व्यावसायिक गल्फरलाई एमेच्योरले चुनौती दिनुले गल्फ विकासका लागि सहयोग पुगेको बताउनुभयो । उहाँले सूर्य नेपाल प्रालिलाई निरन्तर प्रायोजनका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?