बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ : मन्त्री महतो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वन तथा वातावरण वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री महतोले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभएको हो । उहाँले त्यसका लागि वृक्षरोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु तीनै तहका सरकार र सरोकारवालाहरुको सहभागितामा कार्यान्वयनमा ल्याइने बताउनु भयो । त्यसैगरी वन उद्यम प्रवर्द्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि तिनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘वन क्षेत्रको दिगो व्यवस्थापन, जडिबुटी तथा गैर काष्ठ वन पैदावारको प्रवर्द्धन, वन उद्यम, मानव-वन्यजन्युबीचको द्वन्द व्यवस्थापन, जलवायु परिवर्तन न्युनिकरण र अनुकुलन, चुरे संरक्षण, वातावरण संरक्षणका विषयहरु, राष्ट्रिय वन नीति २०७५ को १५ औँ आवधिक योजना आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यले परिलक्षित गरेका विषयहरु नै हुन् । यिनै विषयमा केन्द्रीत रहेर बजेट प्रस्ताव गरिएको छ । हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ । जसका लागि वृक्षारोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय तहहरु तथा उपभोक्ता लगायतका सरोकारवालाहरुसहितको सहभागितामा कार्यान्वयनमा ल्याइने छ । वन उद्यम प्रवर्द्धन, वृक्षरोपण तथा दिगो वन व्यवस्थापनका लागि आगामी आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तीनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिनेछ । वन अतिक्रमण, वन डढेलो लगायतबाट वनको संरक्षणमा यस मन्त्रालय सजग रहेको छ । राष्ट्रिय वन क्षेत्रहरुमा अतिक्रमण तथा डढेलो नियन्त्रणका कार्यक्रमहरुलाई शसर्त अनुदानका रुपमा प्रदेश सरकारहरुमार्फत बजेट उपलब्ध गराइएको छ ।’

मन्त्री महतोले जडिबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायिकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?