पाल्पामा जीप दुर्घटना : सात जनाको मृत्यु, ८ जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाल्पामा जीप दुर्घटनामा परेको छ । पाल्पाको डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

डुम्रेबाट मस्यामको चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना हुँदा कम्तिमा सात जनाको मृत्यु भएका छन् भने ८ जना घाइते भएका छन् ।

घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन। अहिले उद्दारको काम भईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?