पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना भएको हो ।
दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकको पहिचान भने हुन सकेको छैन । घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुलाई प्रहरी र स्थानीयले उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान गरेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच