बैंकक । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मंगलबार बताएनुभएको छ । मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसँग थाक्सिन यस महिना जेल बाट छुटकरा पाउनका लागि स्वीकृत ९३० कैदीहरूमध्ये एकजना भएको बताउनुभएको छ । ७४ वर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मृक्तिका लागि सूचीबद्ध भएका उहाँको भनाई छ ।
करिब छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ । ताहसिनल १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गतवर्ष अगष्टमा थाइल्याण्ड फर्किनु भएको थियो । उहाँलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्स्थताका कारण उहाँलाई छोटो समयमै बैंककको जेलबाट अस्पतालमा सारेदेखि अस्पतालमै रहेको बताईएको छ ।
गत सेप्टेम्बरमा, थाई राजा महा भाजिरालोङ्र्नले शाही माफीका लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो । थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८ स्व-निर्वासनमा रहनुभएको थियो । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच