काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एक लाख एन्टर्क स्कुटर बिक्री गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार आयोजित एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट सुरु भएर शिवपुरीको द ग्रिन भ्याली रिसोर्टमा समापन भएको थियो । राइडमा सहभागीबीच विभिन्न गेमका साथै एनओजी राइडमा उपस्थित करिब सय राइडरबीच अनुभव साटासाट गरिएको थियो ।
राइडमा स्कुटर राखेर एक लाखको सुन्दर आकार पनि बनाइएको थियो । राइडमा हेड मार्सल गौरव पाठकले सडक सुरक्षाबारेमा विभिन्न जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गर्नुभएको थियो ।
प्रोडक्ट हेड करुणा पुडासैनीले एक लाख सेलिब्रेसनका बारेमा जानकारी दिनुभएको थियो भने मार्र्केटिङ डेपुटी जिएम विक्रम पौडेल र सेल्स हेड आशिर श्रेष्ठले सहभागी ग्राहकलाई स्वागत गर्नुभएको थियो । राइडको समापन एक लाख सेलिब्रेसनको केक काटेर गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच