एसबिआई बैंकलाई प्रशंसापत्र

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंकले रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेको भन्दै नेपाल राष्ट्र बैंकले प्रशंसापत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवका अवसरमा बिहीबार प्रशंसापत्र प्रदान गरिएको हो ।

प्रशंसापत्र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलाई प्रदान गर्नुभएको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ भित्र बैंक तथा वित्तीय संस्थामध्ये बैंकले बढी रेमिट्यान्स भित्र्याएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?