एक किलो चरेससहित बाजुराका दुईजना अछाममा पक्राउ

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । लागु औषध चरेस सहित बाजुरा घर भएका दुईजना अछाममा पक्राउ परेका छन् ।

शुक्रबार साँझ इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लागु औषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायव निरीक्षक दिलिप सिंह बिसिको कमान्डमा खटिएको प्रहरीको टोलीले ६० वर्षिया लाक्पा थापा र ३५ वर्षिया महिला धम्ब चेतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताउनुभयो ।

बाजुराको बुढीनन्दा नगरपालिका स्थायी घर भइ हाल अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ टोटासालमा भेडाबाख्रा ब्यवसाय सञ्चालन गरिरहेका उनीहरुलाई अछाम प्रहरीले पक्राउ गरेको हो । निज लाक्पा थापाको साथबाट ८सय ३८ ग्राम र धम्ब चेतोबाट १७८ ग्राम गरी १ किलो १६ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

चरेससहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?