कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपाललाई कुवेतले जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

नेपालकी रुविना क्षेत्री र कविता कुँवरले समान २–२ विकेट लिँदा सीता रानामगरले ह्याट्रिक विकेट लिइन् ।

कुवेतकी शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३/१३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

यसअघि नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?