काठमाडौं । टर्कीमा सोमबार गएको भूकम्पपछि हराएका भनिएका खेलाडी विंगर क्रिस्टियन अत्सु फेला परेका छन ।
मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् । ३१ वर्षीयाको स्वास्थ्यबारे थप विवरण आउन बाँकी छ ।
अस्तु सम्पकबिहीन भएपछि घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको थियो । सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो ।
सो भूकम्पबाट करिब ८ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।
टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी राखेका थिए । टेस्पोरका ३१ वर्षका अत्सुले गत आइतबार मात्र सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको