✍️ विश्वास नेपाली
म एक्लो सपनाको खोजीमा हिँडेको यात्री
मनभित्रको थकान बिसाउने चौतारी भेटिन
यात्रा गर्दा गर्दै हिमाल भेटेँ नदी भेटेँ
तर मन मिल्दो दौतारी भेटिन ।।
तपाईंको विशाल भन्ने हृदयमा ‘म’ भेटिन
वेदना र पीडाले थाकेको मेरो शरीर
तिमी थाकेका छौ भन्नु त टाढाको कुरा
छट्पटिएर ऐया भन्दा तिम्रा नयनमा ‘म’ देखिन ।।
नदेखाउ मलाई तिम्रा हिरा, मोती र अमूल्य उपहार
एक गुनको सय गुन फर्ता गर्ने व्यापारी म
तिम्रो हृदयमा निहालेर हेर्दा मैले
हिरा भित्रको किरा भेटेँ हिरा भेटिन ।।
मेरो बाहृय नयनले हेर्दा हजारौंको भीड देख्थेँ
म लड्दा उठाउने कुनै हात भेटिन
आफू जस्तै अरूलाई ठान्दै भ्रममा बाँचेको म
साथ खोज्दा कोही भेटिन पीडामा मलम भेटिन ।।
हेर्दा सप्तरङ्गी फूल फूलेको प्रकृति मुस्कुराएको देखेँ
तर मैले खोजेको खास देखिन
जिउँदो शरीर देखँे, चित्तामा उसको अहमता देखेँ
धमण्ड देखेँ तर उसको समवेदना देखिन ।।
Good keep it up
Tq so much himalayan times and krishna bhusal sir