पेस्तोलसहित दुईजना पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित भटौलिया मझौनी सडक खण्डबाटअबैध हातहतियार पेस्तोलसहित दुईजना पक्राउ परेका छन ।

अस्थायी प्रहरी पोष्ट भटौलिया बाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा पैदल हिडिरहेका दुई जनालाई खानतलासी गर्दा एकजनाको साथबाट खल्तीमा राखेको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बर्दघाट-१३ बस्ने अजय अहिर र उनीसंगै रहेका सोही ठाउँकै कमल चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । अजयको साथबाट पेस्तोल बरामद भएको जनाईएको छ । दुई युवकहरु पेस्तोल बोकेर हिडिरहेको भन्ने सुचनाका आधारमा मङ्गरबार राती करिब १०:२० को समयमा उनिहरुलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतबाट बुधबार हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?