पाल्पामा एक ट्रक गोरु प्रहरी नियन्त्रणमा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित बेलबास-दोभान कच्ची सडक खण्ड हुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट पाल्पा प्रहरीले गोरु नियन्त्रणमा लिएको छ । लु १ ख ८३४० नम्बरको ट्रकमा राखिएका १८ वटा गोरुलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद लागि ट्रक रोकेर चेकजाँच गर्दा एउटा गोरु मरेको र १७ वटा सकुुसल रहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले गोरुसँगै ट्रक, ट्रक चालक बझाङको फलरा गाउँपालिका-३ घर भई हाल कैलालीको बेबाणी गाउँपालिका-७ बस्ने २७ वर्षीय बिशाल बहादुर धामी, कपिलवस्तुको शिवराज नगरपालिका-७ का २४ वर्षीय राधेश्याम रैदास, सोही ठाउँका १९ वर्षीय सद्दाम हुसेनलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय भैरहवा पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । गोरु तस्करी गरी लैजाँदै गरेको हुन सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?