काठमाडौं । एञ्जल्स हार्टले प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । सामाखुसीस्थित आयोजक सेबको कोर्टमा भएको फाइनलमा एञ्जल्स हार्टले किङडम हिमालयनलाई ३८-२८ ले पराजित गर्यो । एञ्जल्स हार्टको जितमा रूपेश पौडेलले २१ अंक योगदान गर्नुभएको छ ।
पहिलो क्वाटरमा ८-२ को अग्रता लिएको एञ्जल्स हार्ट दोस्रो क्वाटरमा ७-९ ले पछि पर्यो । तेस्रो र चौथो क्वाटर क्रमशः ८-६ र १५-११ ले आफ्नो पक्षमा पार्दै एञ्जल्स हार्टले उपाधि सुनिश्चित गर्यो ।
एञ्जल्स हार्टका अदित पुन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सेबका सुजन घले उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिनुभएको छ । उहाँले सातपटक ‘थ्री प्वाइन्ट’ प्रहार गर्नुभयो । प्रतियोगिताभर ६५ स्कोर गर्नुभएका किङडमका जिग्मे लामा सर्वाधिक स्कोरकर्ता बन्नुभयो । श्री सत्यसाई अनुशासित टिम बन्यो ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, सेबका निर्देशक युवराज थापा, संस्थापक मधुमाया थापा र प्रिन्सिपल मौनी थापाले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । माघ २६ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच