
भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर ५ तल्लो बोखिममा रहेको जगदिश्वरी प्राथमिक विद्यालयमा अध्ययरत बालबालिकाहरुलाई भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले न्यानो पोशाक बितरण गर्नु भएको छ । न्यानो पोशाक बितरणसँगै उहाँले कार्यरत शिक्षकहरुलाई सम्मान समेत गर्नु भएको छ ।
विद्यालयमा अध्ययनरत ६४ जना बालबालिकाहरुलाई उपप्रमुख शेर्पाले न्यानो पोशाक बितरण गर्नु भएको छ । विद्यार्थीहरुलाई पोशाक मात्र होइन उहाँले कार्यरत शिक्षकलाई समेत टोपी र दोसल्लाले सम्मान गर्नु भयो । नगर भित्रका बिद्यालयहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ उपप्रमुख शेर्पाले यस्तो कार्य निरन्तर गर्दे आउनु भएको छ ।
उपप्रमुख शेर्पाले भन्नुभयो, “समुदायमा रहेका बिद्यालयहरुमा आउने बालबालिकालाई नियमित बिद्यालय आउन प्रोत्साहन गर्न जरुरी छ ।” विद्यालय आउन प्रोत्साहन मिलोस भनेर आफूले विद्यालयमा सहयोग गरेको पनि उपप्रमुख शेर्पाको भनाई रहेको छ ।
यस भन्दा अगाडी पनि उपप्रमुख शेर्पाले नगर क्षेत्र भित्रका बिभिन्न बिद्यालयहरुमा कपडा बितरण सहित कम्प्युटर लगायतका सामाग्रीहरु समेत हस्तान्तरण गरि सक्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच