‘बाटो’को फष्टलुक सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘बाटो’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युुनिटले नयाँ वर्षको अवसर पारेर चलचित्रको एक पोष्टर फष्टलुकको रूपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन पोष्टरसमेत तयार गरिएको छ ।

चलचित्रकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले चलचित्रप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । कमर्सियल साउथ स्टाइलिस चलचित्रको झल्को दिने यो चलचित्र काठमाडौं फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो ।

चलचित्रका लेखक तथा निर्देशक मदन थापा र छायांकार शरण ऋषि हुनुहुन्छ । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित व्यक्तित्व हुनुहुन्छ । चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिका देख्न सकिन्छ । चलचित्रका निर्माता चन्दन झा हुनुहुन्छ । निर्माता झा काठमाडौं फिल्मका फाउण्डरसमेत हुनुहुन्छ ।

काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको चलचित्रको पोष्टप्रोडक्सन मुम्बईमा भइरहेको छ । यो चलचित्रलाई २०८० भित्रमा सिनेमाघरमा ल्याउने योजना निर्माण युनिटको छ । नेपालीसहित हिन्दी, तेलुगु, मलयालम र अंग्रेजी गरेर पाँच भाषामा चलचित्र तयार हुने निर्माता चन्दन झाले जानकारी गराउनुभयो ।

चलचित्रको ट्रेलर छिट्टै ल्याउने तयारी निर्माण युनिटको छ । चलचित्रको ट्रेलर नेपाली, हिन्दी र तमिल गरेर तीन भाषामा आउनेछ । चलचित्र डब्बी एटमस साउन्डमा तयार हुनेछ । नेपालमा पहिलो पटक डब्बी एटमस साउण्ड सिष्टममा चलचित्र तयार हुन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?