शक्तिशाली पार्टी बनाउन युवा कांग्रेस गठनको आवश्यकता दखियोः नैनसिंह महर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याउनुभएकाे छ । काठमाडौंमा आयोजित नेविसंघ र तरुणदलका नेताहरूसँगको छलफल कार्यक्रममा उहाँले युवा कांग्रेस आजको आवश्यकता भएको बताउनुभयाे।

'पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनु त छ नै । सँगसँगै  युवा कांग्रेस गठनसमेत आजको आवश्यकता बनेको छ। पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ। जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस,' उहाँले भन्नुभयाे । युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसमा काम गर्न ईच्छुक नेताका लागि स्कुलका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।

पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रूपमा युवा कांग्रेस बनाउन सकिने नेता महरको अवधारणा छ । 'पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो एजेन्डा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ। नयाँ पार्टीहरू आएका छन्। हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ,' उहाँले भन्नुभयाे ।

२०५१ सालको मध्यावधि चुनावपछि पार्टीमा संकट देखिँदा २०५४ सालम तरुण दल व्युँताइएको स्मरण गर्दै अहिले अहिले पनि युवा कांग्रेस बनाउनुपर्ने महरको तर्क छ ।

'२०५१ सालपछि पार्टीमा संकट देखियो। त्यसपछि तरुण दल व्युँताउँदा कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो। २०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो,' उहाँले भन्नुभयाे, 'अहिले पनि पार्टीमा संकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ। यसमा पार्टी नेतृत्वको  ध्यानाकर्षण गराउँदछु।'

पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फ त्यसको उठान गर्न सकिने उहाँले बताउनुभयाे । राजनीतिक नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुसाशासन सिक्ने ट्रेनिंङ सेन्टरका रूपमा  युवा काँग्रेस लाई विकास गर्न सकिने र विभिन्न क्षेत्रमा ख्याति प्राप्ति व्यक्तिका लागि युवा कांग्रेसलाई पार्टीको प्रवेशद्वार बनाउन सकिने महरको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?