
पाल्पा । पाल्पाको रामपुर नगर सरकारले सामुदायिक कुकुरको व्यवस्थापनका लागि शिविरमार्फत स्थायी बन्ध्याकरण अभियान नै चलाएको छ । कुकुरबाट सर्नसक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको आतंक न्यूनिकरणका लागि नगर सरकारले विगतदेखि बन्ध्याकरण अभियान नै चलाउँदै आएको हो ।
यस वर्ष वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थनगर रुपन्देहीको प्राविधिक सहयोगमा दुई दिने शिविर सञ्चालन गरी एक सय १० वटा कुकरको बन्ध्याकरण गरिएकाे छ ।
कुकुरबाट पशु चौपायासँगै मानिसमा रेविज तथा अन्य प्राणघातक रोगको जोखिम बढ्न सक्ने भएपछि यस्तो शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्कीले जानकारी दिनुभयो । शिविरबाट नगरको मुख्य बजार क्षेत्रका १ सय १० सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरी रेविज भ्याक्सिन दिइएको पशु शाखा प्रमुख तुलसीराम काफ्ले जानकारी दिनुभयो ।
समुदायमा रहेका कुकुरले पशु चौपायासँगै मानिसलाई समेत आक्रमण गर्ने क्रम बढे पछि व्यवस्थापनसँगै संरक्षणका लागि स्थायी बन्ध्याकरण र रेविज विरुद्धको भ्याक्सिन दिन शिविर चलाइएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरी कार्यक्रम गरेको र आगामी वर्षमा पनि विभिन्न वडामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने उहाँको भनाई छ । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका उपसचिव अर्विन दवादीले टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण लगायत उपचार पश्चात नियन्त्रण लिइएको स्थानमै छाडिएको जानकारी दिनुभयो ।
शिविरमा पशु चिकित्सक डाक्टर सन्दिप भट्टराई र गंगा यादवको नेतृत्वको टोलीले सेवा प्रदान गरेको थियो । नगरपालिकाले बन्ध्याकरण शिविर सञ्चालनका लागि ३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन गरेको बजेटबाट शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनका लागि गत बर्षदेखि नै बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गत वर्ष शिविर मार्फत ८७ वटा कुकुरको बन्ध्याकरण गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच