पहिलो ब्याच विद्यार्थीले पूरा गरे सामसुङ कोर्स

Read Time = 2 mins

काठमाडौं । सामसुङको फ्ल्यागसिप सिएसआर प्रोग्राम सामसुङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इञ्जिनियरिङअन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीको कोडिङ र प्रोग्रामिङ कोर्स समाप्त भएको छ । प्रोग्रामअन्तर्गत अर्को ब्याचका विद्यार्थीले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् । विद्यार्थीलाई कोर्स पूरा गरेको प्रमाणपत्र प्रदान गरिएको छ ।

सो अवसरमा शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी, सामसुङको दक्षिण-पश्चिम एसिया नेपाल कार्यालय प्रमुख सुङ जुनपार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इञ्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशिधरराम जोशीको उपस्थिति रहेको थियो ।

सामसुङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्ष्टिच्युट अफ इञ्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सिएसआर कार्यक्रम सामसुङ इनोभेसन क्याम्पस उद्घाटन गरेको थियो । कार्यक्रमअन्तर्गत सामसुङले नेपालका युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपमा तालिम दिने योजना थियो, जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टम विकासमा योगदान पु¥याउनेछ । कोर्सको एक भागका रूपमा युवालाई वास्तविक रोजगारी सीप र मागअनुसारको प्राविधिक सीप प्रदान गरिने भएकाले उनीहरूको डिजिटल साक्षरता, सिक्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार ल्याउने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?