भोजपुरको पोखरे दुम्सिका चक्रपथ कालोपत्रेका लागि शिलान्यास

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर जिल्ला अस्पताल हुँदै पोखरे दुम्सिका जोड्ने सडकमा कालोपत्रेको काम सुरु गरिएको छ । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आइतवार सडकको शिलान्यास गरेसँगै सडक कालोपत्रेको काम सुरु भएको हो ।

नेपाल सरकार सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा अन्तर्गत तेज कन्स्ट्रक्सनले सडकमा कालोपत्रेको काम सुरु गरेको छ । करिव ६ किलोमिटर सडक अन्तर्गत अहिले २ किलोमिटर सडक कालोपत्रे हुने छ । सडकको चौडाई ८ मिटरको हुने छ । सडकको ट्रयाक खोलिएको लामो समय भई सक्दा समेत बजेट अभावका कारण सडकको स्तरोन्नति हुन सकेको थिएन ।

तेज कन्स्ट्रक्सनका प्रतिनिधी आशिष तामाङले १६ महिना भित्रमा सडक कालोपत्रेको कार्य तोकिएकाले सोही समय भित्रमा कार्य सम्पन्न गरिने बताउनुभयो । ठेक्का सम्झौता अनुसार निर्माण ब्यवसायीले भ्याट बाहेक १३ करोड ७६ लाख ८१ हजार ४ सय ४२ रुपैयामा दुई वटा सडक र स्थानीय टुँडिखेलमा सटर निर्माण गर्ने छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख कैलाशकुमार आलेले तोकिएको मापदण्ड अनुसार सडक निर्माण हुने भएकाले गुणस्तरीयतामा पनि ध्यान दिन निर्माण ब्यवसायीलाई आग्रह गर्नु भयो । भोजपुर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष नविन प्रधानले वडाभित्रका बासिन्दाले सडक कालोपत्रे भए पछि यात्रामा सहजता पाउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?