महिला खेलाडीहरूको तलब वृद्धि

Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला खेलाडीहरूको पारिश्रमिक वृद्धि गर्ने भएको छ । क्यानले केन्द्रीय सम्झौतामा रहेका नेपाली महिला खेलाडीहरूको पारिश्रमिक वृद्धि गरेको हो । क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशनकुमार सिंहले युगान्डाविरुद्ध सुरु भएको टी-२० सिरिजअघि महिला खेलाडीहरूलाई भेटेर पारिश्रमिक वृद्धि गर्ने जानकारी गराउनुभएको थियो ।

अब केन्द्रीय सम्झौतामा रहेका खेलाडीहरूमा ‘ए’ समूहका खेलाडीले २१ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । यसअघि उनीहरूले १५ हजार पाउँदै आएका थिए । यस्तै ‘बी’ समूहमा रहेका खेलाडीले १८ हजार पाउने भएका छन् ।

यसअघि ‘बी’ समूहका खेलाडीले १२ हजार पाउँथे । त्यसबाहेक ‘सी’ समूहमा रहेका खेलाडीहरूले १५ हजार पाउनेछन् । उनीहरूको तलब मासिक पाँच हजारले बढेको हो । यसअघि उनीहरूले १० हजार तलब बुझ्थे ।

क्यानको वर्गीकरणअनुसार समूह ‘ए’ मा सिता राना मगर, रुबिना क्षेत्री, इन्दु बर्मा, करुणा भण्डारी, काजोल श्रेष्ठ रहनुभएको छ । यस्तै समूह ‘बी’ मा नेरी थापा, सरिता मगर, कविता कुँवर, अञ्जली चन्द, रोमा थापा, सोनु खड्का हुनुहुन्छ भने समूह ‘सी’ मा ममता चौधरी, अप्सरी बेगम, विन्दु रावल, आरती बिडारी, डली भट्ट, सरस्वती चौधरी र सुमन खतिवडा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?