
काठमाडौं । आयोजक अर्किडले आठौँ अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा जित हात पारेको छ । अर्किडले मोनास्टिकलाई ४-१ गोलले पराजित गर्यो । अन्य खेलमा गोल्डेन बडले विद्या विकासलाई २-१, बाल गीताञ्जलीले ग्लोबललाई २-१ तथा त्रिज्योतिले हाइली क्रिएटिभलाई १-० गोलले हरायो ।
यस्तै, फेरिल्याण्डले प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा जित हात पार्यो । टोखास्थित प्रयासनगरमा आयोजकको कोर्टमा भएको प्रतिस्पर्धामा फेरिल्याण्डले १३-११ ले पराजित गर्यो । फेरिल्याण्डको जितमा आलिथ्य तामाङले पाँच अंक योगदान गर्नुभयो ।
जुनियर ब्वाइजमा हिमरश्मी, हृवाइट माउण्टेन, स्काइलार्क, पिपुल्स एकेडेमी, सेब, आयोजक किङ्डम हिमालयन, भ्याली पब्लिक र ग्रिनल्याण्ड क्वाटरफाइनलमा पुगे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच