
काठमाडौं । तीन महिला खेलाडीले इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज-वानमा भाग लिने हुनुभएको छ । प्रतियोगिता मंगलबारदेखि ६ दिनसम्म चल्ने र त्यो विश्व वरीयताको प्रतियोगिता रहेको बताइएको छ । सहभागी हुने खेलाडीमा अनुस्का शेरचन, गंगा तुम्बापो र तुलसी थापा रहनुभएको छ । नेपाल आर्चरी संघका अध्यक्षसमेत रहनुभएका दीपकराज गुरुङ टोलीको प्रशिक्षक रहनुभएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार टोलीको बिदाइ गर्नुभयो । एनओसी अध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
पेरिस ओलम्पिक्सका लागि जुलाईमा आर्चरीको छनोट हुनेछ र त्यसअगाडि यो प्रतियोगिता त्यसको तयारीका रूपमा रहनेछ । त्यस कार्यक्रममा एनओसी सदस्य तथा नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटी र संघका सचिव योगेन्द्र शेरचनको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच