धरान । चलचित्र ‘गोर्खा वारिअर’को धरानमा प्रिमियर गरिएको छ । बेलायतको ऐतिहासिक अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियरपछि यो चलचित्रको शनिबार धरानमा प्रिमियर गरिएको हो । लाहुरेको शहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाज हलमा चलचित्रको भव्य रेड कार्पेट प्रिमियर गरिएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतमा सम्पन्न सो प्रिमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथि रहनुभएको थियो । चलचित्रको प्रिमियर अघि विभिन्न जातजातिहरूले आफ्नो भेषभूषा र पहिरनमा सजिएर गाजाबाजासहित धरानको छाताचोकबाट सिनेमा हलसम्म गोर्खा वारियरको व्यानरसहित झाँकी निकालेका थिए । सो झाँकीमा यस चलचित्रका कलाकार तथा प्राविधिकहरू सहभागी भएका थिए ।
धरान विशेष रेडकार्पेट प्रिमियरको लागि फ्रेन्ड्स सिनेमाजलाई सजाएर झकीझकाउ तुल्याइएको थियो । प्रिमियर समारोहमा चलचित्रकर्मी तथा अतिथिहरूका सम्मानमा सशस्त्र प्रहरी बलका व्याण्ड टोलीका कलाकारहरूले सो चलचित्रको गीतसहित राष्ट्रिय भावका गीतको धुन प्रस्तुत गरेका थिए । प्रिमियरमा पहिलो शोमा अतिथि नअटाएर दोस्रो शो पनि गर्नुपरेको थियो ।
प्रिमियर शोमा मुख्यमन्त्री कार्की, धरानका मेयर साम्पाङसहित सांसदहरू, विभिन्न राजनीतिक पार्टीका नेता, सामाजिक अभियान्ता, सरकारी निकायका विभिन्न उच्च अहोदाका कर्मचारी, स्थानीय निकायका पदाधिकारी, पेशागत तथा विभिन्न जातजातिसँग सम्बन्धित संघसंस्थाका पदाधिकारी, प्रध्यापक, साहित्यकार, कलाकार, पत्रकार, तथा बुद्धिजिवीलगायत अतिथिले चलचित्र गोर्खा वारियर हेरेका थिए ।
प्रिमियरमा गोर्खा वारियर टिमबाट निर्देशक चाम्स, निर्माता सुमन राई, सहनिर्माता ज्योतिराज राई, अभिनेता रितेश चाम्स, रियर राई, विजय लामा, अभिनेत्री रेविका गुरुङ, सञ्चारकर्मी नरेश भट्टराईलगायत सहभागिता थियो ।
चलचित्र हेर्ने क्रममा मुख्यमन्त्री कार्कीदेखि धरानका मेयर हर्क सम्पाङसमेतले आँसु थाम्न सक्नुभएन । अन्य अतिथि पनि चलचित्रको दृष्यमा पटक-पटक भावुक भएका थिए ।
चलचित्र हेरेपछि मुख्यमन्त्री कार्कीले निर्देशक मिलन चाम्सले गोर्खा सैनिकको जीवन संघर्षमा उत्कृष्ट चलचित्र बनाएको बताउनुभयो । यो चलचित्रले विश्वमा ब्रिटिश गोर्खा सैनिकको ‘गोर्खा वारिअर’को रूपमा नयाँ परिचाय थपिएको बताउँदै कार्कीले भन्नुभयो, ‘यो फिल्म मात्र नभएर हामी हरेकको कथा र पहिचान हो । यसलाई हौसला दिनुपर्छ ।’
यस्तै धरानका मेयर साम्पाङले अहिलेसम्म आफूले हेरेको नेपाली चलचित्रमध्ये गोर्खा वारियरले सबैभन्दा बढी मन छोएको सुनाउनुभयो । चलचित्र हेर्दा आफूले पटक–पटक आँसु रोक्न नसकेको पनि उहाँले बताउनुभयो । ‘गोर्खा वारियर निक्कै उत्कृष्ट सिनेमा बनेको रहेछ । वीर गोर्खाली सैनिकको संघर्षसँगै पीडाको कथामा बनेको यो चलचित्र साँच्चै मार्मिक र सशक्त छ,’ मेयर साम्पाङले भन्नुभयो ।
धरानको प्रिमियरबाट आफू निक्कै उत्साहित भएको बताउँदै गोर्खा वारियरका निर्देशक चाम्सले भन्नुभयो, ‘धरानमा सम्पन्न ऐतिहासिक भव्य रेड कार्पेट प्रिमियरमा सबैले गर्नुभएको प्रशंसाले म उत्साहित छु । चलचित्र सिनेमा हलमा अग्रिम बुकिङ खुलेको र पछि अर्को शोको अग्रमी बुक गर्ने क्रम सुरु भएको खबरले हामी सबै हर्षित छौं ।’
चलचित्र हेर्ने सबैले उत्कृष्ट प्रतिक्रिया दिएको यो चलचित्रका निर्माता सुमन राईले बताउनुभयो । दर्शक खुशी र सन्तुष्टि भएको देख्दा आफूलाई पनि त्यत्तिकै खुशी लागेको उहाँको भनाइ थियो । यही फागुन ११ देखि देशव्यापी सार्वजनिक हुने यो चलचित्रको ७ फागुनमा पोखराको मिड टाउन सिनेमा र ९ गते काठमाडौंको बिग मूभिजमा रेड कार्पेट प्रिमियर गरिँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच