काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा कार्यरत उहाँले यसअघि पनि आयल निगमको निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरिसक्नुभएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका-१ का भट्टसँगै निगमको कार्यकारी निर्देशकका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदपूर्ति समितिले इञ्जिनियर डा. भट्टसहित डा. डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनीको नाम सिफारिस गरेको थियो ।
सरकारी सेवामा सहसचिव पदमा कार्यरत भट्टले तत्कालीन छमहिने कार्यकालमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली सुरु गर्नुभएको थियो । तर, तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाले हटाएपछि उहाँ सेजमा कार्यकारी निर्देशकका रूपमा कार्यरत रहनुभयोे । निगमका कार्यकारी निर्देशक उमेश थानीले मंसिर २६ गते राजीनामा दिएपछि निगममा कार्यकारी निर्देशक पद रिक्त थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका २०७८ अनुसार समितिको फागुन ५ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको हो । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न समितिले गत पुस ७ सार्वजनिक सूचनामार्फत् दरखास्त आहृवान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच