कांग्रेस महासमिति बैठक : आजदेखि बन्दसत्र, चार प्रतिवेदन पेस हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ। ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न चार वटा प्रतिवेदन पेस गरिने भएको छ।

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनको एक विषयलाई लिएर सभापति देउवा असहमत रहँदै आएकोमा गएराति अबेरसम्मको छलफलपछि सहमति जुटेको छ ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महासमिति सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ । बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य एकहजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ सहित झण्डै २५ सय जनाको सहभागिता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?