काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।
बैठक केहीबेर अघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो । बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्दैहुनु हुन्छ ।
साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताउनु भयो ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा फागुन १० गतेसम्म जारी रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच