
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलवार साँझ भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीको कार्यकक्षमा दुई नेताबीच भेटवार्ता भएको हो ।
पछिल्लो समय सत्ता गठबन्धनमा खासगरी माओवादी र कांग्रेसबीच खटपट सुरु भएको चर्चा छ । यस्तो अवस्थामा भएको दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री दाहालले टिआरसी विद्येयक टुँगो लगाउनको लागि विभिन्न दलका नेताहरुसँग छलफल गरिरहनुभएको छ ।
यता पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै आज मात्र ओलीले प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गर्नुभएको थियो । भने आजै साँझ ओलीले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यता पछिल्लो समय सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र माओवादीसँगको गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने कुरा उठिरहेको बेला प्रचण्ड र ओलीलाई सत्तारुढ अर्को दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश विकासको खाका बनाएर अघि बढ्न आग्रह गर्नुभएको छ ।
सोमबार समाजवादी ईन्जिनियरिङ्ग एशोसिएशन नेपाल, मधेसले आयोजना गरेको कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको थियो ।
उहाँले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि देश विकासको खाका बनाउन पटकपटक आग्रह गरेको बताउनु थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच