अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

हिमालय टाइम्स
Read Time = 1 min

अछाम । अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका-५ लुंग्रास्थित आमरुख नजिक आज विहान जिप दुर्घटना भएको हो ।

से१ज ४२९ नंको जिप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा  घाइते डोटीको पूर्वीचौकी गाउँपालिका-४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले  जानकारी दिनुभयो ।

घाइते १४ जनाको बयालपाटा अस्पतालमा  उपचारको भइरहेको प्रहरीले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?