
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकलागि अभिशाप भइसकेको बताउनुभएको छ ।
मुलुकलाई गम्भिर दुर्घटनाबाट जोगाउन काँग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी गरेर अघि बढ्नुपर्ने उहाँको जिकिर थियो ।
राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गदै बुधवार ¥यालीसहितको बिरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष लिङदेनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिनुभयो । उहाँले आफूहरुले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शिर्ष नेताहरुलाई सचेत गराउनु भयो ।
अध्यक्ष लिङदेनले भन्नुभयो, ‘अहिले मुलरुपमा हामीले भन्ने खोजेको के हो भने अब देश यही अवस्थामा रहिराख्न सक्दैन । देश अहिले जुन अवस्थाबाट अगाडि बढिराखेको छ । यसले हाम्रो सुदूरभविष्य अन्धरकारपूर्ण छ । र कुनैपनि बेला देश दुर्घटनामा जानसक्छ भन्ने टुुंगो भईसकेको छ । त्यसकारण देशलाई दुर्घटनाबाट रोक्नका लागि अव नयाँ सम्झौता, नविन सम्झदारी आवश्यक छ । त्यसकारण म यहाँबाट सबै राजनीतिक दलहरु र खासगरी अहिलेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको प्रश्तावक वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको एजेण्डाको पछि लागेका नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई पनि आग्रह गर्न चाहन्छु । अब गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको बाटो असफल भइसक्यो । तपाईहरुले अवलम्वन गरेको मार्ग चित्रबाट देशलाई जब्बरजस्त अगाडि बढाउन चाहनु भयो भने, त्यो दुष्पप्रयास गर्नुभयो भने देशले दुर्घटना व्यहोर्ने अवश्यम्भावी छ । त्यसकारण कुनैपनि प्रकारको अहम, कुनैपनि प्रकारको घमण्ड नगरिकन नयाँ सम्झौताका लागि तयार हुनुहोस् । हामीले कसैलाई पनि निषेधको प्रश्ताव राखेका छैनौं । अव राप्रपाले पछाडि फर्कने कुरा गरेको छैन । तपाईहरु भ्रममा पनि नपर्नुहोस् । र, भ्रमपूर्ण प्रचार पनि नगर्नुहोस् । तपाईहरु बेलाबेला भन्नुहुन्छ–राप्रपाले पछाडि फर्कने कुरा गर्छ । हामीले पछाडि फर्कने कुरा गरेको छैन । हामीले देश यही अवस्थामा रहिरहन सक्दैन । अब हिजोका पनि राम्रा कुराहरु, आजका पनि राम्रा कुराहरु लिएर नयाँ सम्झौता गरौं । र देशलाई नयाँ सम्झौताको बाटोबाट अगाडि बढाऔैं । र यसमा ढिलो नगरौं भन्नेकुरा म आग्रह गर्न चाहन्छु । तपाईहरुले गणतन्त्र ल्याउँदाखेरी, धर्मनिरपेक्षता ल्याउँदाखेरी, संघीयता ल्याउँदाखेरी सुविचारका साथ ल्याउनुभएको थियो होला । तर हाम्रो अभ्यासको यो ढेड दशकले प्रमाणित ग¥यो–यो हाम्रो देशका लागि उपयुक्त रहनछ भन्ने मात्रै होइन, अभिशापसिद्ध हुने रहेछ भन्ने कुरा पुष्टि भयो । त्यसकारण हामीले अब बाटो सच्याउने नयाँ सम्झदारी गरौं । र देशलाई नयाँ बाटोबाट अगाडि लैजाऊ । माओवादीले २०५२ सालमा जनयुद्ध शुरु गर्दाखेरी सरकारलाई बुझाएको ज्ञापनपत्रलाई कसैले पत्याएको थियो ? त्यो सम्भव होला भनेर कसैले पत्याएको थिएन । आज त्यो दिन सम्झनुहोस् म त भन्छु–सायद त्यसको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्डले पनि कल्पना गर्नुभएको थिएन होला । तर राप्रपा त्यसबेलाको माओवादी भन्दा देशमा संगठित छ । र आज भत्काउने, बिगार्ने होइन । देश बनाउने, कसैलाई निषेध गर्ने होइन । राजादेखि माओवादीसम्मलाई जोडने विचार लिएर, मुद्दा लिएर हिँडेको छ । त्यसकारण तपाईहरु सबैलाई जोडन, जुट्न एक चोटी आफ्नो बाटोमा पुनर्विचार गर्न म आग्रह गर्दछु । हाम्रो यो मागलाई तपाईले उपेक्षा गर्नुभयो भने, ख्यालठट्टा गर्नुभयो भने परिस्थिति बिग्रन सक्छ । हामीले बारम्बार भनेका छौं–हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । अहिंसात्मक हुनेछ । राप्रपा कुनैपनि प्रकारको हिंसामा विश्वास गर्दैन । प्रजातन्त्र, मानव अधिकारजस्ता विषयमा राप्रपा पूर्ण रुपमा विश्वास गर्दछ । तर तपाईहरुले उपेक्षा गर्नुभयो भने राप्रपाको अहिंसा र प्रजातन्त्रप्रतिको प्रतिवद्धतालाई कमजोरी ठान्नुभयो भने कठोर बन्दै गएर विद्रोहमा परिणत हुनसक्छ भन्ने कुरा पनि हेक्का राख्नुहोस् ।’
अध्यक्ष लिङदेनले मुलुकलाई सही बाटोमा अघि बढाउन आफूहरुले शान्तिपूर्ण आन्दोलन शुरु गरेको उल्लेख गर्दै त्यसलाई कमजोरी ठान्ने दुःशाहस नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच