काठमाडौं । मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौंमा प्रदर्शन भएको छ । इम्पल्स एनजिओ नेटवर्कले उक्त वृत्तचित्र प्रदर्शन गरेको हो ।
मानव बेचबिखन तथा शोषणविरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले वृत्तचित्र प्रदर्शन गरिएको थियो । इम्पल्स एनजिओ नेटवर्कको कन्ट्री पार्टनर मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, नेपाल इन्टरनेट फाउण्डेसन, सनवे कलेज, सेन्ट जेभियर कलेजको सहकार्यमा वृत्तचित्र प्रदर्शन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सनवे कलेज र सेन्ट जेभियर्सका विद्यार्थी तथा शिक्षकसमेत सहभागी थिए ।
प्यानल सेसनसमेत भएको कार्यक्रमका वक्ताका रूपमा मरियम चण्डी मेनाचेरी, लिपाशा श्रेष्ठ, मीना शर्मा र ट्याटुम स्ट्रिट रहेका थिए । नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले मानव बेचबिखनविरुद्धको अभियानमा योगदान पुर्याउने सबै सहयोगी तथा सहभागीलाई धन्यवाद दिँदै सचेतना फैलाउन र सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच