![सलमान र शाहरुखले दिए अनन्तकाे विवाहमा करोडौंको उपहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/salman-shaharukh-khan.jpg)
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताउनुभएको छ ।
बिहीवार महासमिति बैठकको समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुने बताउनु भयो । उहाँले धर्म निरपेक्ष बनाउन नै गलत भएको बताउनु भयो । उहाँले ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्नेकुरा राम्रो नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘धर्म सम्बन्धी एउटा कुरा हो । धर्म न निरपेक्ष हुन्छ, न धर्म सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ । चार तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो । धर्म स्वतन्त्र हुन्छ । तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायाँै, यो गलत हो । हाम्रो पार्टी कमजोर छैन, हामीले गठबन्धन गर्नुपर्ने आवश्यकता म देख्दिनँ । गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस् । नेपाली काँग्रेसको जुन मत खस्छ, त्यो ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरुको बन्ने त्यस्तो काँग्रेस हामीलाई चाहिँदैन । चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ ।’
उहाँले चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच