भोजपुर । कोशी प्रदेशमा पहिलो पटक आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड कार्यान्वयन भएको छ ।
जिल्ला अस्पताल लगायतका संस्थाहरुको न्युनतम सेवा मापदण्ड कार्यान्वयमा आएको भएपनि आर्युवेद स्वास्थ्य केन्द्रहरुको मापदण्ड तयार भएको थिएन । मापदण्ड बनेसँगै प्रदेशका भोजपुर सहित १० जिल्लाका आयुर्वेद अस्पतालहरुको अनुगमन गरिएको स्वास्थ्य निर्देशनालय धनकुुटाका आयुर्वेद तथा बिविध शाखा प्रमुख बिजय कुमार झाले जानकारी दिनुभयो ।
उहाँले न्युनतम सेवा मापदण्ड भनेको पहिलो, दोश्रो र तेश्रोमा बर्गिकरण गर्नु नभएर सेवा प्रवाहमा देखिएको समस्या पहिचान गर्नु भएकाले यसले आगामी दिनमा नागरिकको सेवा प्रवाहमा समेत अझैँ मद्धत पुर्याउने बताउनुभयो ।
स्वास्थ्य निर्देशनालयको टोलीले आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको सेवा मापदण्डका बिषयमा बिहिवार सरोकारवालासँग छलफल गर्दे न्यूनतम सेवा मापदण्डका आधारमा भोजपुरले ४४ प्रतिशत अंक प्राप्त गरेको जानकारी गराएको हो । विभिन्न सुचकका आधारमा स्वास्थ्य केन्द्रले सो अंक प्राप्त गरेको हो । स्वास्थ्य केन्द्रको संस्थागत व्यवस्थापन, सुशासन, मानवस्रोत व्यवस्थापन र विकास, चिकित्सकीय रेकर्ड र सूचना व्यवस्थापन, गुणस्तर व्यवस्थापन लगायतका मापदण्डहरुको आधारमा केन्द्रलाई अंक प्रदान गरिएको टोलीका विषय बिज्ञ तथा आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डाक्टर उमेश कुमार मेहताले बताउनुभयो ।
न्युनतम सेवाका बारेमा मापडण्ड निर्धारणबारे प्रस्तुतीकरण गर्नु हुँदै बिज्ञ मेहताले सुचकका बिषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । निर्देशनालयको टोलीमा स्वास्थ्य निर्देशनालय धनकुुटाका आयुर्वेद तथा बिविध शाखा प्रमुख झा, बिषय बिज्ञ मेहता, आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख रविन्द्र कुमार मेहता हुनुहुन्छ ।
आयुर्वेद स्वास्थ्य केन्द भोजपुरले संचालन गरेका कार्यक्रम तथा समस्याहरुका बारेमा प्रमुख मनोजकुमार पण्डितले जानकारी गराउँदै दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुनु, भाडाको घरमा सेवा संचालन भएकाले सेवा प्रवाहमा समस्या भएको गुनासो राख्नु भएको थियो भने ल्याव शुल्कबाट २१ हजार ९० रुपैयाँ संकलन गरिएको र अन्य सेवा निशुल्क प्रदान गरिदै आएको बताउनुभयो । उहाँले विद्यालय स्तरमा पनि योग कक्षा संचालन हुँदै आएको र जिल्लामा संचालित नागरिक आरोग्यता केन्द्रहरु प्रभावकारी देखिएको बताउनुभयो ।
सोक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख तथा आयुर्वेद संचालक समितिका अध्यक्ष कमल थुलुङ राईले जग्गा प्राप्ती हुन लागेकाले भवन अभावका कारण देखिएको समस्या समाधान हुन लागेको बताउनुभयो । आयुर्वेदिक पद्धतीमा नागरिकहरुको बिश्वास बढदै गएको बताउँदै राईले मापदण्डमा देखिएका समस्या समाधान गरी सेवा प्रभावकारी बनाउन गुरुयोजना सहित अगाढी बढने बताउनुभयो । अन्य सहभागी बक्ताहरुले आयुर्वेदको सेवा प्रभावकारी बनाउँद मापदण्ड अनुसारका सुचक पुरा गर्न आगामी दिनमा सवै पक्ष जिम्मेवार हुनु पर्ने धारणा राख्नु भएको थियो ।
सोक्रममा भोजपुर नगरपालिका ८ का वडाध्यक्ष नविन प्रधान, उद्योग बाणिज्य संघका अध्यक्ष कर्णबहादुर मोक्तान, रेडक्रस भोजपुर शाखा सभापति तुलबहादुर सुब्वा, भोजपुरका बरिष्ठ पत्रकार निरोज कोइराला लगायतको पनि सहभागीता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच