
काठमाडौं । नेपाल हस्तकला महासंघले क्यानाडाको लागि नवनियुक्त महामहिम राजदूत भरत राज पौड्यालको सम्मान तथा विदाइ कार्यक्रम गरेको छ ।
विहिबार स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा राजदूतलाई समस्त हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघको तर्फबाट स्वागत गर्दै बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष श्री प्रचण्ड शाक्यले उहाँको कार्यकालमा विश्व विख्यात नेपाली मौलिक कलाको रुपमा रहेको हस्तकला, नेपाली संस्कृति र सम्पदाको प्रचार प्रसार एवं प्रवद्र्धन गर्न क्यानडाको नेपाली राजदुतावास हस्तकलामुखि बनाउनु पर्ने धारणा राख्नु भयो ।
साथै सो कार्यक्रममा छलफलमा उठेका विषयहरु माथि महामहिमबाट व्यवसायीहरुले भोगिरहेको समस्याहरुको संबोधन गर्न राजदूतावासबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
व्यवसायीहरुले भोगी रहेका समस्याहरुलाई नेपाल सरकारबाट नीतिगत रुपमा नै समाधान गर्न सके निर्यातकर्ता व्यवसायीहरुलाई क्यानडा मात्र नभई अन्य देशहरुमा पनि निकासी प्रवद्र्धन गर्न सहज हुने उहाँले बताउनु भयो ।
उहाँले उक्त अवसरमा नेपाली हस्तकलालाई अन्तरराष्ट्रिय जगतमा प्रवद्र्धन गर्न हस्तकला वस्तुहरुको आकर्षक तथा गुणस्तरिय प्याकेजिंग, लेबलिंग तथा प्रवद्र्धनात्मक श्रब्य दृष्य सामग्रीहरुले धेरै मद्दत पु-याउने हुँदा नेपाल हस्तकला महासंघले यस बारेमा आवश्यक कार्य गर्नु पर्ने कुरामा जोड दिनुभयाे । उहाँले क्यानडाको लागि नेपाली राजदूतावास सदैव नेपाल हस्तकला महासंघसंग जोडिँदै हस्तकला उद्योग व्यवसायको प्रवद्र्धन गर्न प्रयासरत रहने प्रतिबद्धता समेत जाहेर गर्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच