मुगु । हिउँ परेर अवरुद्ध रहेको नाग्म-गमगढी खण्डको हिउँ पन्छाएर सडक सुचारु गरिएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाको टिमले नाग्म- गमगढी सडकको बुलबुले,सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सुचारु गरेको हो ।
मंगलबार, बुधबार र विहिबार दिउँसो–राति हिउँ पर्दा यो ख्ण्ड अबरुद्ध भै सवारी साधनहरु चल्न सकेका थिएनन् ।
विहिवार र शुक्रवार दिनभरी सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकहरु लगाएर हिउँ पन्छाएर सडक सुचारु गरेको सुपरभाइजर जग्गी विकले जानकारी दिनु भयो ।
उहाका अनुसार झाड्नौलादेखि सातमोड,सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ ।
उच्च हिमाली क्षेत्र रहेको कर्णाली राजमार्ग अन्तरगत नाग्म-गमगढीको सडकको यो खन्डमा हिउदमा हिउँ परेर र वर्षामा पानीले पहिरो र रुख ढलेर सधै सडक अबरुद्ध हुँदै जान थालेपछि पछिल्ला बर्षहरुमा १ दिन पनि सडक अबरुद्ध नहोस् भनेर सडक डिभिजन कार्यालयले यी सिजनमा सडक रक्षक र स्काभेटर तैनाथ अबस्थामा राख्दै आएको छ ।
हिउद र वर्षामा २र३ महिना अवरुद्ध हुने यो सडक २ वर्ष यता सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ, पहिरो र अन्य अवरोध हटाउनाले १/२ दिन भन्दा बढी अबरुद्ध हुने गरेको छैन ।
नेपाल कै प्रमुख पर्यटकिय गन्तव्य नेपाल कै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकहरुको स्थलमार्गको सडक पनि यहि सडक भएकाले यातायात साधनले यो खण्ड सधै व्यस्त हुने गर्दछ ।
यो खण्ड व्यस्त र पर्यटकीय मार्ग समेत रहेकाले सिन्जा,चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अबरुद्ध कै कारण सास्ती नपाओस भनेर सडक विस्तार र स्तरौन्नतीमा समेत सडक डिभिजन कार्यालय लागेको सुपरभाइजर विकले बताउनु भयो ।
कर्णली राजमार्ग अन्तर्गत नाग्म -गमगढी सडक ९३ किमि दुरी रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच