दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित सातदोबाटो चोकमा रहेको सातदोबाटो सपिङ कम्प्लेक्सको निर्माण अन्तिम चरणमा पुगेको छ । भीमेश्वर नगरपालिकाद्वारा निर्माण गरिएको यो व्यावसायिक भवनको निर्माण अन्तिम चरणमा पुगेको हो ।
कुल १३ करोड ९२ लाख २७ हजार ८८७ रुपैयाँ (मूल्य अभिबृद्धिकर सहित) एमकेविसी- सिमपानी- एसविब्रदर्श द्वारा निर्माणाधिन सो भवनको अब फिनिसिङका थोरै काम मात्र बाँकी रहेको र हस्तान्तरणको क्रममा पुगेको जेभीका घनश्याम शिवाकोटीले जानकारी दिनुभयो ।
सदरमुकाम चरिकोटको मुख्य बजार सातदोबाटो चोकमा रहेको यो सपिङ कप्लेक्स नगरविकास समितिको ७५ प्रतिशत ऋण सहयोग तथा भीमेश्वर नगरपालिकाको २५ प्रतिशत लगानीमा निर्माण भइरहेको भीमेश्वर नगरपालिकाका सव इञ्जिनीयर भवेन्द्र थापाको भनाई रहेको छ ।
भवन निर्माण सम्झौता २०७८ साल माघ २६ गते भएकोमा द्रुत गतिमा काम हुँदा पनि विविध कारणले समयमै सम्पन्न हुन नसक्ने अवस्था आएपछि म्याद थप गरिएको थियो । निर्माणाधिन सपिङ कम्प्लेक्स भवन कुल आठ तल्लाको रहेको छ । विद्युतीय भ-याङ सहितको आधुनिक सपिङ कम्प्लेक्समा सिनेमा हल समेत रहेको छ ।
निर्माणाधिन भवनको भौतिक प्रगति अन्तिम चरणमा पुगेको तथा वित्तीय प्रगति भने असी प्रतिशत भन्दा बढी रहेको भीमेश्वर नगरपालिकाको भनाई रहेको छ । विगतमा सात दोबाटे चोकमा नै नगर विकास समितिको अनुदान तथा ऋण सहयोगमा नगरपालिकाद्वारा निर्मित पार्किङ सहितको अर्को ब्यावासायिक भवन भने भाडामा लागि सकेको छ ।
भवन निर्माण सम्पन्न भएपछि भीमेश्वर नगरपालिकाको भरपर्दो आयस्रोतको रुपमा यो ब्यावसायिक भवनलाई टेन्डर प्रकृयाद्वारा भाडामा लगाइने भीमेश्वर नगरपालिकाले जनाएको छ । सोही भाडाबाट क्रमस नगरविकास समितिको ऋण तिर्दै जाने नगरको योजना रहेको छ । तीनचार पटक टेन्डर अह्वान गरेपछि बल्ततल्ल यसअघि निर्माण गरिको ब्यावसायिक भवन भाडा घटाएर टेन्डर गरेपछि भाडामा लागेको तथा सदरमुकाम चरिकोटमा ब्यापार ब्यावसाय सुस्त हुँदै गएको सन्दर्भमा समयमै यो भवन भाडामा लाग्नेमा सदरमुकाम चरिकोटका स्थानीयहरुले भने शंका ब्यक्त गरेका छन् ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच