रसुवाबाट दुई किलो सुनसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाले नियमित चेक जाँचका क्रममा लुकाएर ल्याएको दुई किलो सुन शनिबार साँझ बरामद भएको हो । सुनसहित २ जना व्यक्ति पनि पक्राउ गरेको प्रहरीले बताएको छ ।

टिमुरेबाट स्याफ्रु पैदल आउँदै गरेका सुदीप शेर्पाको साथबाट प्रहरीले बरामद गरेको हो । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुन काठमाडौंतर्फ लैजान खोजिएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?