कालपात्रको पूर्वोत्तर लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । यस दैनिकका प्रधान सम्पादक एवं साहित्यकार प्रा. पुरुषोत्तम दाहालको हालै प्रकाशित उपन्यास कालपात्रको शुक्रबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । राजधानी पूर्वोत्तर क्षेत्र समेटेर जोरपाटीको छिमेकी पार्टी प्यालेसमा उक्त कृतिको लोकार्पण गरिएको हो ।

स्थानीय समाजसेवी तथा राजनीतिज्ञ कुमार घिमिरेको सभापतित्वमा सम्पन्न उक्त पुस्तकको लोकार्पण समारोहमा उपन्यासकार दाहालले उक्त पुस्तकको लेखन सन्दर्भ र त्यसले समेट्न खोजेको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । उहाँले काल गतिशील हुन्छ भन्ने आमबुझाइ भए पनि वास्तवमा काल स्थिर हुन्छ र हामी त्यसमा समाहित भइरहने मात्र हौँ भन्नुहुँदै यो उपन्यास हामी सबैको कथा हो भन्ने धारणा राख्नुभयो ।

यस पुस्तकमा सबैले आ-आफ्नो अनुहार पाउन सक्ने र नैतिकताको खोजी गर्न यसले सघाउ पु¥याउने उहाँको विचार रहेको थियो । कालपात्र पुस्तकमाथि समालोचक विनोद दाहाल ‘वत्स’ले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । उहाँले पुस्तकमाथि विधातात्विक विश्लेषण गर्दै उक्त पुस्तक वर्तमान राजनीतिको सग्लो चित्र भएको धारणा राख्नुभयो ।

कार्यक्रममा साहित्यकार तिलकप्रसाद लुईंटेल, बाजुराम पौडेल, गोविन्द घिमिरे वेदमणि, डा. सुवास प्याकुरेल, सुमन दाहाल, कुमारराज सुवेदीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महेश आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उद्धव रायमाझीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति कुमार घिमिरेले सभापतिको मन्तव्यसहित सभा समापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?