काठमाडौं । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगत्का सय चेन्जमेकरको सूचीमा पर्नुभएको छ । ढकाल ग्लोबल टेक चेन्जरहरूको ‘रेस्ट अफ वल्र्ड’ को सयजनाको सूचीमा पर्न सफल हुनुभएको हो । कम्पनीका अनुसार विश्वमा प्रविधि क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सयजनालाई सूचीमा समावेश गरिन्छ ।
ढकालले सामूहिकरूपमा कसरी उत्पादन बढाइन्छ र वितरण गरिन्छ, कसरी उद्यमीलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेस्ट अफ वल्र्डको सम्पादकीय टिमले जनाएको छ । ‘रेस्ट अफ वल्र्ड’ को सूचीमा विश्वव्यापीरूपमा आधारित रिपोर्ट र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा सूचीमा समावेश गरिन्छ ।
उक्त सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तनसक्षम गर्ने लगानीकर्ता, उदीयमान उद्यमी र खुला एवं समतामूलक भविष्यका लागि काम गर्ने व्यक्तिलाई समावेश गरिने बताइएको छ । सूचीमा समावेशपछि एफवान सफ्ट गु्रपका अध्यक्ष ढकालले भन्नुभयो, ‘मैले सधैँ मेरो देशमा आमूल परिवर्तनको परिकल्पना गरेको छु, जहाँ सबैलाई डिजिटल फाइनान्समार्फत् सशक्त बनाइन्छ, रेस्ट अफ वल्र्डले आफ्नो परिकल्पना पहिचान गरेर सूचीमा समावेश गरेकोमा आभार व्यक्त गर्दछ, म विश्वस्त छु कि यसले सार्थक परिवर्तन ल्याउन सहयोग गर्नेछ ।’
यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’ बाट सम्मानित भइसक्नुभएको छ भने अमेरिकी राज्य विभागको इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भइसक्नुभएको छ । विश्वका विभिन्न क्षेत्रमा बस्ने र काम गर्ने पत्रकारसँग साझेदारी गर्दै रेस्ट अफ वल्र्डले विगत दुई वर्षमा ९० भन्दा बढी देशबाट सात सय ५० भन्दा धेरै प्रकाशनहरू प्रकाशित गरिसकेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच