रोटरीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

Read Time = 2 mins

काठमाडौं । रोटरी क्लब अफ राजधानीले मोतियाबिन्दुको शल्यक्रिया गर्ने उपकरण हस्तान्तरण गरेको छ । रोटरीले टिचिङ अस्पतालस्थित बिपी कोइराला लाइन्स सेन्टर फर अप्थाल्मिक स्टडिजलाई फेको इमल्सिनफिकेसन मेसिन सहयोग गरेको हो । उक्त मेसिनबाट भिक्रेटोमीसमेत गर्न मिल्ने बताइएको छ ।

रोटरीको ग्लोबल ग्रान्टअन्तर्गत रोटरी क्लब अफ राजधानीले ४७ हजार छ सय नौ डलर मूल्यको मेसिन हस्तान्तरण गरिएको जनाएको छ । क्लबले सोमबार अस्पतालमा गरेको हस्तान्तरण कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपालका डिस्ट्रिक्ट गभर्नर जितेन्द्रबहादुर राजभण्डारी, आरआरएफसीका पूर्वडिस्ट्रिक्ट गभर्नर वासुदेव गोल्यान, रोटरी राजधानीका अध्यक्ष निश्चलबहादुर श्रेष्ठले अस्पतालका कार्यकारी निर्देशक प्राडा सगुननारायण जोशीलाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

मेसिन उपलब्ध गराउन सहयोग गर्ने अन्तर्राष्ट्रिय पार्टनर क्लबमा भारतको रोटरी क्लब अफ दिल्ली अशोका पनि रहेको छ । क्लबले छ हजार डलर सहयोग गरेको परियोजनाको फस्ट कन्ट्याक्ट एवं क्लबका पूर्वअध्यक्ष प्रदिप श्रेष्ठले जानकारी गराउनुभयो । साथै क्लब सदस्य एवं मामा फाउन्डेसनका डा. शंकरप्रसाद आचार्यले क्लबमार्फत् अस्पताल हातामा रहेको एउटा बाटिकाको मर्मतसम्भारका लागि एक लाख रुपैयाँ पनि सहयोग प्रदान गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?