काठमाडौं । सुरेश शाही र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘परदेशीको बाकस’ सार्वजनिक भएको छ । दुर्योधन बस्नेतको रचना एवं गायक सुरेशकै संगीत एवं संगीत संयोजन र कृष्ण पुनको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जी.बी.आग्रीको निर्देशन रहेको गीतको भिडियोमा गायक सुरेश सन्देशवाहक गाइनेको रूपमा साथै शीतल केसी, दुर्गा भट्ट, रोमा विष्ट, दुर्योधन बस्नेत, प्रेमसिंह ठकुरी, नरेश शाही, बब्लु बबाल एवं बाल कलाकार आयन शाही र रीतिका ढुंगानालगायत कलाकारको अभिनय छ द वीरेन्द्र भाट ‘विपिन’को छायांकन/सम्पादनमा तयार भएको भिडियोको निर्माता भगिरथा बस्नेत र दुर्योधन बस्नेत हुनुहुन्छ । वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा भिडियो निर्माण भएको हो ।
गरिबीका कारण कल्कलाउँदो उमेरकी श्रीमती, कलिला मुना जस्ता लालाबाला र वृद्ध बाबुआमालाई छाडेर धन कमाउने सपना बोकी परदेश जानुपर्ने बाध्यता, म्यानपावरको जालझेल, परदेशी भूमिमा अनाहकमा जेल जानुपर्ने अवस्था र मृत्युवरण जस्तो भयानक परिस्थितिको चित्रण गरिएको यस गीतको भिडियोले खासगरी ग्रामीण नेपाली समाजको घर घरको कथा-व्यथा बोकेको छ । घरको आशाको दियो परदेशबाट बाकसमा फर्कंदा एउटा परिवार कसरी भताभुंग हुन्छ भन्ने कुरा भिडियोमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच