काठमाडौं । विशेषत: चिसो मौसममा धेरै मानिसले घुँडा दुख्ने समस्या झेलिरहेका हुन्छन् । यो मौसममा हाडजोर्नीसँग सम्बन्धित रोगले धेरैलाई सताउने गर्छ । बढ्दो चिसोसँगै यस्ता समस्या लिएर आउने बिरामी हरेक अस्पतालमा बढ्न थालेका छन्।
संसारभरि विभिन्न अस्पतालमा गरिएका अनुसन्धानका आधारमा हरेक वर्ष जस्तो घुँडा र जोर्नीको समस्या लिएर आउने बिरामीको चाप बढ्दो छ। जोर्नी र घुँडा दुख्ने अनेकौं कारणमध्ये घुँडाको हड्डी खिइनु (ओस्टियोआर्थराइटिस) मुख्य कारण हो। हड्डी खिइनु प्राय बुढ्यौलीको रोग हो जुन महिलामा र अधिक वजनका मानिसमा बढी देखिन्छ।
चिसोमा विशेषत बच्चा, युवा र बुढ्यौली उमेरका मानिसलाई घुँडा दुख्ने समस्या देखिने गर्छ।
बच्चाहरू धेरै दौडन्छन्, खेल्छन्। उनीहरूमा पनि घुँडा दुख्ने समस्या देखिन्छ। कुनै चोटपटक लागेमा पनि घुँडा दुख्छ। कतिपय युवाहरू पनि घुँडा दुख्ने समस्याबाट पीडित हुन्छन्। उमेर बढ्दै गएपछि घुँडा खिएर दुखाइ हुन्छ।
टुक्रुक्क भुइँमा बस्ने, पलेटी कसेर बस्ने, बारम्बार भर्याङ चढ्ने र ओर्लने गर्नेहरूको पनि घुँडा दुख्छ। पहाडी भेगमा बसोबास गर्ने मानिसहरूमा पनि घुँडा दुख्ने समस्या धेरै देखिन्छ। यस्तै तराई क्षेत्रमा बसोबास गर्ने मानिसहरूको घुँडा कम खिइने पाइएको छ।
हड्डी खिइने कारण
ओस्टियोआर्थराइटिस तब हुन्छ जब हड्डीको छेउमा रहेको कुरकुरे हड्डी (कार्टिलेज) बिस्तारै बिग्रन्छ।
यस्तै बढ्दो उमेरका कारण पनि हड्डी खिइन शुरु गर्दछ । जसले जोर्नीको दुखाइ हुने चिकित्सकहरु बताउँछन् । यसरी नै
महिलाहरुको हकमा भने विशेषगरी महिनावारी रोकिएपछि धेरैलाई यस्तो समस्या देखा पर्दछ । विशेषगरी महिनावारी रोकिएका महिलाहरुले आफ्नो खानामा क्याल्सियम र भिटामिन डी भएका खानेकुरा फलफूलहरु खाने गर्नु उपयुक्त हुने चिकित्सकको सल्लाह हुने गर्दछ । साथै अधिक वजन जसले गर्दा घुँडामा धेरै जोड पर्छ र हड्डी खिइन शुरु हुन्छ। पुरानो जोर्नीको चोट र कमजोर मांसपेसीका कारण पनि धेरैलाई यस प्रकारको समस्या देखिने गर्दछ । सक्रिय जीवनशैली जस्तै हरेक दिन योग गर्ने, हिंड्ने, साइकल चलाउने आदि गर्नाले मांसपेसीलाई मजबुत बनाउनुका साथै दीर्घकालीन रुपमा दुखाइ कम गर्छ ।
घुँडाको दुखाईलाई गम्भीरतापूर्वक लिएर समयमै उपचार सुरु गर्दा हड्डी खिइने र भविष्यमा हुनसक्ने समस्याहरुबाट केही हदसम्म आफ्नो जीवनशैलीलाई सरल र सहज बनाउन सकिन्छ।
जोर्नी तथा घुँडा दुखाइबाट राहत पाउन यी घरेलु उपाय अपनाउन सकिन्छ
१. कागतीको सेवनले पनि घुँडाको दुखाइ कम गर्छ। यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ।
२. अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाइमा एकदमै राम्रो काम गर्छ। यसलाई चियासँग सेवन गर्न सकिन्छ। अथवा यसको रस पिउँदा पनि हुन्छ। साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ।
३. तोरीको तेलः तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने। नियमित रुपमा तातो तेलले जोर्नी दुखेको ठाउमा मालिस गर्ने। यसो गर्दा घुँडाको दुखाइ कम हुन्छ।
४.सिधे नुनलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ।
५. घुँडाको दुखाइ कम गर्न बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो। बेसारमा रहने कुरक्युमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाइ कम गर्न सहयोग गर्छ।
६.मेवाको बिउ जोर्नी दुखाइको लागि अत्यन्तै उपयोगी हुन्छ। यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ। दुखाइबाट आराम मिल्छ।
७. दुखाइ छ भने मेथीको बिउलाई पनि पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ। यसले घुँडाको पीडा शान्त पार्छ।
८. घुँडाको दुखाइबाट पीडित हुनुहुन्छ भने बढीभन्दा बढी गाजर खानुहोस। यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाइबाट छुट्कारा दिलाउँछ।
९. प्याजले पनि घुँडाको दुखाइबाट छुट्कारा दिलाउन सक्छ। काचै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ।
१०. कठिन शारीरिक अभ्यास बिना नै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योग गर्नुपर्छ। यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ। त्यसैगरी घुँडाको दुखाइ हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ।
११. क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। शरीरमा क्याल्सियमको कमीले गर्दा नै हड्डीको दुखाइ उत्पन्न हुने हो। त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ।
१२. खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ। साथै घुँडाको दुखाइमा पनि यसको प्रयोग गर्न सकिन्छ।
१३.. ओमेगा ३ फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ। यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ। दैनिक रुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाइ कम हुन्छ।
-पत्र पत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच