काठमाडौं । रुस र युक्रेनको युद्धमा मृत्यु भएका नेपालीहरुको सम्झनामा पीडित परिवार र आफन्तजनले आज पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरेका छन् ।
रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा डेढ दर्जन भन्दा बढी नेपाली युवकको मृत्यु भइसकेको छ ।
दुई देशबीच एक वर्षदेखि चलेको युद्धमा हजारौंको ज्यान गइसकेको छ । दुवै देशले आफ्ना सैनिकको मृत्युका विषयमा आधिकारिक तथ्यांक सार्वजनिक नगरे पनि गत डिसेम्बरमा युक्रेनका राष्ट्रपतिका सल्लाहकारले कुल १३ हजार युक्रेनी सैनिकको मृत्यु भएको स्वीकार गरेका थिए।
बेलायती सरकारको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले यो युद्धमा परी ४० देखि ६० हजार रुसी सैनिकको मृत्यु भएको जनाएको छ। राष्ट्रसंघको तथ्यांकअनुसार युद्धका कारण ७ हजारभन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन्। राष्ट्रसंघले हताहती र घाइतेको संख्या अझै धेरै हुनसक्ने आकलन गरेको छ।
तस्वीर
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच