विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।
कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४९ रन बनाएको थियो । जसमा रविन मण्डलले सर्वाधिक ७० रनको योगदान दिनुभयो । सरस्वतीका अभिषेक यादवले २ विकेट लिनुभयो ।
१५० रनको लक्ष्य पछ्याएको सरस्वतीले पूरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य भेट्टाएको थियो । जसमा म्यान अफ द म्याच अभिषेक यादवले ५६ रन बनाउँदा शिवनन्दन यादवले ३७ रनको योगदान दिनुभयो । कोशीका अमन दुलाल र रितिक यादवले २-२ विकेट लिनुभयो ।
दोस्रो खेलमा अरनिको स्कुलले सत्यनारायण स्कुललाई सुपर ओभरमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १०३ रनको योगफल तयार पारेको थियो । जसमा म्यान अफ द म्याच अमर यादवले ३१ रनको योगदान दिनुभयो । सत्यनारायणका कृष्णकुमार यादव, सलमान कामत र आकाश यादवले १-१ विकेट लिनुभयो ।
१०४ रनको विजयी लक्ष्य पाएको सत्यनारायणले निर्धारित ओभरमा ८ विकेट गुमाई १०३ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो । जसमा आकाश यादवले ४३ रनको योगदान दिनुभयो । अरनिकोका अमन यादव र साइसोर कोइरालाले २-२ विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच