काठमाडौं । काठमाडौं आसपासका चिसापानी, कागेश्वोरी, हैबुङ वरिपरिका रमणीय स्थानमा छायांकन गरिएको गीत ‘हिमाल हेरौला’ सार्वजनिक भएको छ । रामबहादुर गुरुङ (धुर्व)को शब्द संगीत, लक्ष्मी स्याङ्न्तान, सुजन गुरुङ र रामबहादुरकै स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । स्टुडियोमा मुर्चुंगामा रेकर्ड भएको गीतमा गोविन्द ओलीको रेकर्डिङ सञ्जय सिर्पालको मिक्सिङ र योगेश लामाको एरेन्ज छ ।
टेक लामा (छिरिङ)को निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा रवि कार्की, ईना गुरुङ, गडुलध्वज गुरुङ, पारसकुमार अधिकारी र टेकबहादुर लामाको अभिनय छ । ओम प्रसाईंको छायांकन रहेको गीतको भिडियोलाई रोशन धितालले सम्पादन गर्नुभएको हो । गीतको भिडियो मे मन्ज इन्टरटेन्मेन्ट र जिनियस डान्स एन्ड म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच