सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवारबारे छलफल गर्न नौदलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बिहान साढे ८ बजेदेखि बसिरहेको हो ।

बैठकमा नौ दलीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकले गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्नेछ । उपराष्ट्रपति पदमा जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दाबी गरेका छन् ।

आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिवार नै उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। यद्यपि, सत्ता साझेदार दलले भने उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

मनोनयनपत्र दर्ताको समय बिहान ९ देखि दिउँसो २ बजेसम्म तोकिएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन हुनेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?