काठमाडौं । शिक्षामा प्रशंसनीय काम गरेबापत इन्क्लुसिव फ्युचरर्स परियोजनाले शून्य परियोजना पुरस्कार पाउने भएको छ । अपांगता भएका व्यक्तिहरूको संस्थासँग सहकार्य गरेर शिक्षामा नवीनतम् साथै उदाहरणीय काम गरेकोमा इन्क्लुसिव फ्युचरर्स परियोजनाले सो ग्लोबल अवार्ड जितेको हो ।
नेपालमा इन्क्लुसिव फ्यूचरर्स परियोजना हृयान्डिक्याप इन्टरनेशनल (हृयुमनिटी एण्ड इन्क्लुजन) को पहलमा सुरुवात गरिएको हो । जसको नेतृत्व साइटसेभर्सले गरेको छ भने वित्तिय सहयोग यूकेएडले गरेको छ । जसको उद्देश्य भनेको कोही पछाडि नपरुन् (नो वन लेफ्ट विहाइण्ड) भन्ने हो । परियोजनाले हरेक बालबालिकाको शिक्षामा पहुँच पु¥याउने कुरा सुनिश्चित गर्ने काम गरिरहेको छ ।
शून्य परियोजना पुरस्कार विश्वभरबाट अपांगता समावेशीकरणका लागि नवीनतम् परिवर्तनकामी तथा मापनयोग्य काम गरेबापत प्रदान गरिन्छ र यो पुरस्कार अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ३ तारिकको अवसर पारेर घोषणा गरिन्छ । यस वर्षको शून्य परियोजना पुरस्कार २१ देखि २३ फेब्रुवरीसम्म भियनामा सञ्चालन हुने शून्य परियोजना सम्मेलनमार्फत प्रदान गरिनेछ ।
नेपालमा, इन्क्लुसिव फ्युचरर्स परियोजनाले बागमती प्रदेशको कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा काम गरिरहेको छ । जसले उच्चस्तरको आवश्यकता र सीमान्तकृत जातीय समूहका व्यक्तिहरूको महत्वपूर्ण अनुपात भएका समुदायलाई लक्षित गरेको छ । सन् २०२२ देखि २०२३ सम्म यस परियोजनाले कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका लगभग एक सय पचास विद्यालयका झण्डै तीस हजार बालबालिकालाई अपांगताका साथै कार्यगत सीमितता पहिचानका लागि जाँच गरेको थियो । फलस्वरूप, कार्यगत सीमितता र अपांगता भएका लगभग दुई हजार दुई सय बालबालिकाहरूले हाल विद्यालय वा गृहआधारित शिक्षा (होमवेस्ड एजुकेशन)मार्फत शैक्षिक सहायता प्राप्त गरिरहेका छन् । यस तथ्यांकले विद्यालयहरूमा बालबालिकाको आवश्यकताको बारेमा चेतना जगाउन, समावेशी शिक्षाको लागि स्थानीय सरकारबाट प्रतिबद्धता निर्माण गर्न र स्थानीय शिक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ ।
पुरस्कारको बारेमा आफ्नो धारणा राख्दै इन्क्लुसिव फ्यूचरर्सका कार्यक्रम निर्देशक जोहन्स ट्रिमेलले ‘हामी यो पुरस्कार प्राप्त गर्न पाउँदा अत्यन्त खुशी भएका छौं । जब अपांगता भएका व्यक्ति र अपांगता भएका व्यक्तिहरूले प्रतिनिधित्व गरेका संस्था विकाससम्बन्धी कार्यक्रमबाट बाहिर रहन्छन, तब उनीहरू आफ्ना सहकर्मीभन्दा पछाडि छोडिने सम्भावना बढी हुन्छ र उनीहरू जुन समाजमा बस्छन् त्यो समाजलाई एउटा आकार दिन र रूपान्तरण गर्नबाट पनि वञ्चित हुने सम्भावना बढी हुन्छ’, भन्नुभयो ।
यस परियोजना अपांगता भएका बालबालिकाको पहिचानलाई मुख्य जोड दिएर व्यापक हस्तक्षेपहरू (इन्टरभेन्सन) कार्यान्वयन गर्नमा केन्द्रित छ । समावेशी शिक्षा परियोजनामार्फत, इन्क्लुसिव फ्युचरर्सको पहलले अपांगता भएका बालबालिकाहरूलाई विद्यालय जानबाट रोक्ने बाधाहरूलाई सम्बोधन गर्दछ । जसमा बहु तथा जटिल खालका अपांगता र अन्य सिकाइसम्बन्धी सहायता आवश्यक पर्ने बालबालिकाहरूलाई समावेश गरिएको छ ।
हृयाण्डिक्याप इन्टरनेशनल (हृयुमनिटी एण्ड इन्क्लुजन) नेपालमा अपांगताको क्षेत्रमा सन् २००० देखि निरन्तर रूपमा काम गर्दै आइरहेको छ । यो अपांगता भएका व्यक्ति तथा अन्य संकटासन्न समुदायको समावेशी विकासको क्षेत्रमा विशेषज्ञता भएको अन्तर्राष्ट्रिय गैरसरकारी तथा गैरनाफामूलक संस्था हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच